तनहुँमा चितुवाको अर्को आक्रमण, बालिकाको ज्यान गयो

तनहुँमा चितुवाको अर्को आक्रमण, बालिकाको ज्यान गयो

तनहुँमा चितुवाको आक्रमणबाट बालिकाको ज्यान गएको छ । बन्दीपुर गाउँपालिका–३, सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान ११ वर्षीया बीना चेपाङको निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय, तनहुँका अनुसार घरबाट सानिआमाको घर जाने क्रममा उनी सिस्नेघारीमा चितुवाको आक्रमणमा परेकी हुन् । चेपाङको घाँटीमा आक्रमण गरेकाले घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

यसअघि पनि गत जेठमा बन्दीपुर ४ मा चितुवाको आक्रमणबाट बालिका घाइते भएकी थिइन् ।

टिप्पणीहरू