महिलाले ढुंगा हानेर नगरप्रहरी भगाइन्
आज बिहान चागलस्थित विष्णुमति करिडोर रोडमा अनौठो दृश्य देखियो । एक अधबैंशे महिलाले तीन जना नगरप्रहरीलाई खेद्दै थिइन् ।
उनले नगरप्रहरीलाई लखेट्दै ढुंगासमेत हानेकी हुन् । उनको व्यवहार देखेर एक महिला र दुई पुरुष नगरप्रहरी पनि अचम्म मान्दै थिए । स्थानीयले ती महिला सडक किनारमा पसल राख्ने बताए ।
उनीसँग सोधनी गर्न नभ्याइएको हाम्रा संवाददाता बताउँछन् । नगरप्रहरी केहीपर विपरित दिशामा रोकिएको भ्यानमा बसेर कुलेलम भए । त्यसपछि महिला पनि आफ्नो बाटो लागेकी थिइन् ।
टिप्पणीहरू