राजु गुरुङको मुद्धा दुई जना श्रीमानले हेर्ने

राजु गुरुङको मुद्धा दुई जना श्रीमानले हेर्ने

सत्ता गठबन्धनका तर्फबाट रुपन्देही-२ का उम्मेदवार राजु गुरुङको मुद्दाको आज पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासको पहिलो नम्बरमा सुनुवाइ हुने गरि मुद्धा पेसीमा चढेको हो ।

चेक अनादर र उनको निर्माण कम्पनी कालोसूचीमा परेको भन्दै रुपन्देही २ को निर्वाचन अधिकृत कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरेको थियो । त्यसविरुद्ध गुरुङले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । यसअघि सर्वोच्चले उनको मुद्दामा अल्पकालीन आदेश जारी गर्दै उम्मेदवारी कायम राख्न आदेश दिएको थियो । सोअनुसार निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी कायम राख्ने निर्णय गरिसकेको छ ।

उजुरी नै नपरीकन निर्वाचन अधिकृत घनश्याम गौतमले मध्यराति उम्मेदवारी खारेज गरेको भन्दै बद्नियत देखिएको एकीकृत समाजवादीले आरोप लगाएको छ ।

टिप्पणीहरू