राजु गुरुङको उम्मेदवारी खारेज, अल्पकालीन अन्तरिम आदेशले निरन्तरता पाएन

राजु गुरुङको उम्मेदवारी खारेज, अल्पकालीन अन्तरिम आदेशले निरन्तरता पाएन

रुपन्देही–२ का सत्ता गठबन्धनका साझा उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ । सर्वोच्च अदालतले असोज ३० को आफ्नै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेपछि गुरुङको उम्मेदवारी खारेज भएको हो ।

आज सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज नगर्न यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशले निरन्तरता नपाउने निर्णय सुनाएको छ ।

एकीकृत समाजवादीका नेतासमेत रहेका गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यलयले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । त्यसविरुद्ध कानुनी उपचार खोज्दै सर्वोच्च पुगेका उनको पक्षमा अल्पकालीन अन्तरिम आदेश दिँदै सर्वोच्चले दुबै पक्षलाई छलफलमा झिकाउने निर्णय गरेको थियो ।

सोहीअनुसार आज पेशी चढेको गुरुङको रिटमा दिनभर सुनुवाई भएको थियो । दुबै पक्षको कुरा सुनेपछि खतिवडा र रेग्मी श्रीमानको संयुक्त इजलासले गुरुङको उम्मेदवारी गैरकानुनी ठहर गरेको हो ।

टिप्पणीहरू