देउखुरीको मुहार फेर्ने मन्त्री चौधरीको उद्घोष
सहरी विकासमन्त्री मेटमणि चौधरीले आधुनिक देउखुरीका लागि आफूले प्रस्तुत गरेका योजनाको कार्यान्वयनपछि देउखुरीको मुहार फेरिने बताउनुभएको छ । नेपाली काँग्रेस गढवाले आयोजना गरेको पालिकास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले उक्त धारणा राख्नुभएको हो ।
१० अर्बको लागतमा राप्ती करिडोर निर्माणको प्रक्रिया अघि बढेको बताउदै मन्त्री चौधरीले भन्नुभयो, ‘राप्ती करिडोर आयोजनाअन्तर्गत नदीको दुबैतर्फ तटबन्ध बनाइने छ । त्यसपछि बाढीको समस्या सदाका लागि हल हुनेछ । अर्कोतर्फ सयौं विघा जमिन जनताको हातमा आउने र नदीको दुवैतर्फ फराकिलो बाटो, हरियाली कायम हुनेछ । नदी किनारमा आधुनिक शहर निर्माण हुनेछ । पर्यटन प्रवद्र्धन भएपछि आयस्रोतका अनेकौं विकल्प सिर्जना हुनेछ ।’
राप्ती करिडोर गेम चेन्जर परियोजना रहेको बताउँदै मन्त्री चौधरीले सीमा नाका जोड्ने सडक निर्माण, श्रीनगर चोकदेखि स्वर्गद्वारी जोड्ने ५५ किलोमिटरको बाटो निर्माण, बनगाउँदेखि स्वर्गद्वारी जोड्ने केबलकार निर्माण, घोराहीलाई केन्द्र मानी मुख्य सहर जोड्ने पोड वेलगायत परियोजनाका कारण देउखुरीको मुहार फेरिने उहाँको भनाइ छ ।
हिजो आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारु, नेपाली काँग्रेसका क्षेत्रीय अध्यक्ष भेषराज पाण्डे, अनुप थापा, सकुन्तला डिसी लगायतले गठबन्धनको पक्षमा लाग्न सबैलाई आग्रह गरेको बताइन्छ ।
टिप्पणीहरू