७ बजेपछि देउसी-भैलो खेल्न नपाइने
सुर्खेतमा साँझ ७ बजेपछि देउसी-भैलो खेल्न नपाइने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज एक सूचना जारी गर्दै बिहान ७ देखि साँझ ७ बजेसम्म देउसी-भैलो खेल्न पाइने जानकारी गराएको हो ।
सिडिओ खगेन्द्रप्रसाद रिजालले बेलुका ७ बजेपछि देउसीभैलो खेल्नेलाई कारबाही गर्ने बताएका छन् । उनले बढी भड्किलो र मादक पदार्थ सेवन नगरी भैली खेल्न जिल्लावासीलाई आग्रह पनि गरे । साथै, पटाका, आतिसवाजी जस्ता प्रज्वलनशील पदार्थको ओसारपसार नगर्न सिडिओ रिजालले भनेका छन् ।
‘कोही कसैले यो आदेशको अवज्ञा गरी कानुन विपरितका कार्यहरु गरे/गराएमा प्रचलित कानुनबमाजिम कडा कारबाही हुने जानकारी गराइन्छ,‘ सूचनामा उल्लेख छ ।
।
दीपावलीको समयमा दियो मैनवत्ती र विद्युतीय उपकरणहरु प्रयोगले आगजानी हुन सक्ने भन्दै जिल्ला प्रशासनले सचेत गराएको छ ।
टिप्पणीहरू