राजधानीमा जताततै नक्कली नोट, गिरोह पक्राउ

राजधानीमा जताततै नक्कली नोट, गिरोह पक्राउ

नक्कली नोट कारोबारीमा संलग्न एउटा गिरोह पक्राउ परेको छ । गोकर्णेश्वर नगरपालिका–५, जोरपाटीबाट नक्कली नोटसहित उनीहरु गएराति समातिएका हुन् ।

पक्राउ पर्नेमा सोही नगरपालिका–८ बेशीगाउँ बस्ने ३१ वर्षीया दुर्गा महर्जनलगायत पाँच जना पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले जोरपाटीमा नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा चेक जाँच गर्दा उनीहरूको साथमा प्रहरीले नक्कली नोट फेला पारेका थिए ।

प्रहरीले उनीहरूको साथबाट एक हजार दरको ४६ थान, पाँच सय दरको ९७ थान र थप ८४ हजार पाँच सय रूपैयाँ सक्कली नोट फेला पारी बरामद गरेको छ ।

पाँचै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ ।

टिप्पणीहरू