दिदीसँग नुहाउन गएका बालकलाई तिनाउले बगायो
पाल्पाको तिनाउ खोलाले बगाएर तीन वर्षीय बालकको ज्यान गएको छ । तिनाउ गाउँपालिका–२, दोभानस्थित खोलामा आज दिउँसो नुहाउन गएका मायुस सारुको नदीले बगाएर मृत्यु भएको हो ।
आफ्नी दिदीसँग नुहाउन खोलामा गएका सारुको तिनाउले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । नुहाउने क्रममा खोलामा बेपत्ता भएका उनको खोजी गर्दै जाँदा १ हजार ५ सय मीटर तल फेला परेका थिए । तत्काल उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
टिप्पणीहरू