लक्ष्मीपूजाको रात दाङका तीन फर्निचर उद्योग खरानी

लक्ष्मीपूजाको रात दाङका तीन फर्निचर उद्योग खरानी

दाङको घोराहीमा गए रातिको आगलागीमा परेर तीन वटा फर्निचर उद्योग ध्वस्त भएका छन् । घोराही–१५ शहीद उमेश मार्ग रोडमा रहेका न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ ।

मध्यरातमा लागेको आगो आज बिहान ४ बजेको समयमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी वीरबहादुर वलीले जानकारी दिए । आगलागीको कारण खुल्न सकेको छैन ।

आगलागीबाट तीन वटै फर्निचर उद्योग पूर्ण रूपमा खरानी भएको बताइएको छ ।

टिप्पणीहरू