दशैंदेखि बन्द कर्णाली राजमार्ग बल्ल खुल्यो

दशैंदेखि बन्द कर्णाली राजमार्ग बल्ल खुल्यो

गत दशैंमा बन्द रहेको कर्णाली राजमार्ग गए रातिदेखि खुलेको छ । असोज १९ देखि २५ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले अवरुद्ध राजमार्ग खुलेको छ ।

पहिरोका कारण झण्डै ४० किलोमिटर सडक अवरुद्ध थियो । दैलेखोला–जुम्लासम्मको १०४ किलोमिटरमध्ये ४० किमि सडक पहिरोले पूर्ण रुपमा अवरुद्ध हुँदा कालिकोट, जुम्ला र मुगुको जनजीवन तीन साता प्रभावित भएको हो ।

सडक डिभिजन जुम्लाकाअनुसार अवरुद्ध राजमार्ग खुलाउन सडक डिभिजन जुम्लाको एक सयभन्दा बढी र नेपाली सेनाको नन्दाबक्स गणको ५० जनाको टोली राँचुलीमा क्याम्प नै बनाएर बसेको थियो ।

टिप्पणीहरू