कौडाको खालबाट चार जना जुवाडे समातिए
पर्सा प्रहरीले कौडा खेलिरहेका चार जनालाई खालबाटै पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१७, अलौबाट उनीहरु समातिएका हुन् । प्रहरी चौकी सिर्सियाबाट खटिएको टोलीले उक्त स्थानमा कौडा खेलिरहेको सूचनाको आधारमा उनीहरुलाई गएराति पौने ११ बजे नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा स्थानीय २८ वर्षीय लक्ष्मी सहनी, ३० वर्षीय अनिलप्रसाद साह, ४० वर्षीय मुकेश गुप्ता र ३९ वर्षीय जाकिर मिया हुन् । उनीहरुको साथबाट प्रहरीले एक लाख १८ हजार १९० रूपैयाँ र एक सेट कौडा पनि बरामद गरेको छ ।
बरामद कौंडा र रकमसहित चारै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
टिप्पणीहरू