लक्ष्मीपूजाको दिनमा २१ सय ड्राइभरलाई ट्राफिकको पूर्जी
काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गरेका २१ सय बढी सवारी चालक कारबाहीमा परेका छन् । हिजो लक्ष्मीपूजाको दिन उपत्यकाका विभिन्न स्थानमा भएको चेकजाँचका क्रममा ट्राफिक नियम तोड्नेहरुलाई जरिवाना तिराइएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा अनावश्यक हर्न बजाएका ४६ जना, मादक पदार्थ सेवन गरेर गाडी चलाएका २४० जना र लेन अनुशासन उल्लंघन गरेका १२ जना छन् ।
त्यसैगरी रातो बत्तीमा नरोकिएका १९, स्पष्ट नम्बर प्लेट नभएका गाडी लिएर हिँडेका एक सय र अन्य १७ सय १८ जना चालक ट्राफिकको कारबाहीमा परेका हुन् ।
टिप्पणीहरू