बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा १९ वर्षे चालक बिते

बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा १९ वर्षे चालक बिते

पर्सामा भएको मोटरसाइकल दुर्घटनामा चालकको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका–८, पानीट्याङ्की अगाडि आज मोटरसाइकल पल्टिँदा उनको मृत्यु भएको हो ।

तीव्र गतिमा कुदाइएको ना.४६ प.३२९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक १९ वर्षका अनुप राईको टाउको र खुट्टामा गम्भीर चोट लागेको बताइन्छ ।

घाइते राईको एनएमसी अस्पताल वीरगञ्जमा आज बिहान निधन भएको प्रहरीले जनाएको छ । आवश्यक प्रक्रियापछि मृतकको शव परिवारलाई बुझाइएको छ ।

टिप्पणीहरू