नुहाउन गएकी बालिका डुबिन्
सर्लाहीमा पोखरीमा डुबेर एक बालिकाको ज्यान गएको छ । कबिलासी नगरपालिका–४, जमुनिया बस्ने सुनिल पासवानकी ८ वर्षीया छोरी सीताकुमारी पासवानको डुबेर मृत्यु भएको छ ।
उनी पोखरीमा हिजो दिउँसो नुहाउन गएकी थिइन् । सोही क्रममा पोखरीमा डुबेर गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र जमुनियामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।
टिप्पणीहरू