पिङ खेल्दा ज्यान जान सक्छ

पिङ खेल्दा ज्यान जान सक्छ

लिङ्गे पिङबाट लडेर दैलेखमा १८ वर्षीय किशोरको मृत्यु भएको छ । नारायण नगरपालिका–६, काँडाचौर बसपार्कमा हालिएको पिङ खेल्ने क्रममा लडेर नारायण नगरपालिका–६ का १८ वर्षीय नवराज बोगटीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुई पटकसम्म पिङमा मच्चिएसङ्गै उनी एक्कासी झरेका थिए । स्थानीयले उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेख लगे पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जानकारी दिएको छ ।

टिप्पणीहरू