काँग्रेसले गरिबलाई मरेपछि पनि सहयोग गर्ने

काँग्रेसले गरिबलाई मरेपछि पनि सहयोग गर्ने

सत्तारुढ दल नेपाली काँग्रेसले आर्थिक रुपले विपन्न नागरिकलाई मृत्युपछि काजकिरिया गर्न १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । काँग्रेसले आज सार्वजनिक गरेको चुनावी घोषणा पत्रमा यस्तो प्रतिबद्धता जनाएको हो ।

विपन्न अवस्थाका नागरिकको मृत्यु हुँदा स्थानीय सरकारमार्फत् मृत्यु संस्कार खर्चवापत १० हजार उपलब्ध गराउने काँग्रेसको घोषणापत्रमा उल्लेख छ ।

एकीकृत सामाजिक सुरक्षाअन्तर्गत कोखदेखि शोकसम्म कार्यक्रम चलाउने घोषणा गरेको काँग्रेसले ३ वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने बताएको छ । घोषणापत्रमा ५ वर्षभित्र सबै नागरिकको बीमा गरेर गम्भीर प्रकारका रोगको उपचार सुनिश्चित गर्ने संकल्प गरिएको छ ।

६५ वर्षको उमेरमा वृद्धभत्ता दिने वाचा गरेको काँग्रेसले जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न, अशक्त, एकल महिला, महिला तथा स्वास्थ्य स्वयंमसेविकालाई निःशुल्क बीमा कार्यक्रम पनि ल्याइने बताएको छ ।

टिप्पणीहरू