रक्सीले मातेका भतिजले काकाको ज्यान लिए

रक्सीले मातेका भतिजले काकाको ज्यान लिए

खोटाङमा खुकुरी हानेर भतिजले आफ्नै काकाको ज्यान लिएका छन् । ४३ वर्षीय पत्थरमान राईले ५९ वर्षीय काका मानबहादुर राईलाई खुकुरी प्रहार गरेका हुन् ।

प्रहरीका अनुसार सामान्य वादविवाद हुँदा भतिज पत्थरमानले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३, नुनथला हाँवुभञ्ज्याङका काका मानबहादुरको गर्धनमा खुकुरी हानेका थिए । काकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङले बताए ।

मादक पदार्थ सेवनपछि मातेर काकालाई खुकुरी प्रहार गर्ने पत्थरमानलाई प्रहरीले पक्राउ गरेको छ । घट्नापछि काकालाई खुकुरी प्रहार गरेको भन्दै उनले खुकुरी बोकेर आफन्तलाई सुनाउँदै हिँडेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

काका–भतिजको घरको आँगन एउटै छ । घटना भने भतिज पत्थरमानको घरको सिकुवामा भएको हो । परिवारका सदस्य बाहिर रहेका मानबहादुर घरमा एक्लै बस्दै आएका थिए ।

टिप्पणीहरू