जर्नेलहरुको फेरिनै लाग्यो जिम्मेवारी
तिहारको बिदा नसकिँदै नेपाली सेनाभित्र जर्साबहरुको सरुवाको तयारी शुरु भएको छ । आगामी मंसिर ४ गतेको निर्वाचनअघि या पछि सरुवा भएको कार्यालय वा निकायसम्म पुग्ने गरी रमाना लिन जङ्गी अड्डाले आवश्यक तयारी गरेको बताइन्छ ।
सेनाको उच्च स्रोतका अनुसार पश्चिम पृतना पोखराबाट पृतनापति तथा उपरथी बाबुराम श्रेष्ठलाई १ बर्ष पुगेकोले काठमाडौं ल्याउन लागिएको छ । ‘उनलाई सम्भवतः तालिम निर्देशनालयमा ल्याइन्छ,’ स्रोतले भन्यो ।
अर्का मेजर जनरल दीपक बानियाँलाई भने श्रेष्ठले सम्हालेको पश्चिम पृतनामा बदली हुने चाँजोपाँजो मिलाइएको छ । उनी श्रेष्ठ यता आएपछि जिम्मेवारी सम्हाल्न पोखरा जाने भएका छन् ।
बानियाँको सरुवापछि वार कलेजको नेतृत्व पनि कल्याणकारी जस्तै घटुवा हुने भएको छ । पहिले मेजर जनरलको जिम्मेवारीमा रहँदै आएको वार कलेज कमाण्ड सँरचना खारेजीसङ्गै अब एक तारे जर्नेलको जिम्मेवारीमा जाने निश्चित भैसकेको छ ।
यसवीच वार कलेज,नगरकोट हेर्न थालेका आशबहादुर तामाङ र विजय थापाको नाम पनि अहिले नै बढुवाको सूचीमा उक्लिएको छ । त्यही भएर थापालाई सुदूर पश्चिम पृतना चलाउन धनगढी पठाइएको छ ।
यसवीच सेनापति प्रभुराम शर्मापछिको वरियतामा रहेका तीन तारे जर्नेल बालकृष्ण कार्कीले अवकाश पाएसङ्गै सरोजप्रताप राणापछिको ठाउँमा सीताराम खड्काको बढुवा हुन लागेको छ ।
टिप्पणीहरू