वनभोज गएका दुई जना भेरी नदीमा बेपत्ता
भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भएका छन् । वनभोज खान गएकामध्ये दुई जना भेरीगंगा नगरपालिका–२, सत्तरीमा पर्ने भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दैलेखको भगवतीमाई गाउँपालिका ४ घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–३ बस्ने १९ वर्षीय छबि बुढा र वीरेन्द्रनगर ३ का १९ वर्षीय दिपक थापा बेपत्ता भएका छन् ।
बेपत्ता भएकाको साँझसम्म प्रहरी र स्थानीयले खोजी गरे पनि फेला पार्न नसकेको हो ।
टिप्पणीहरू