कैलालीको चौमालामा भीषण आगलागी, चार वटा पसल खरानी
कैलालीको गौरीगंगा नगरपालिका–१, स्थित चौमाला बजारमा आगलागी भएको छ । आज साँझ चौमाला चोकमा रहेको हिमाल मोबाइल ग्यालरीबाट आगो लागेको जनाइएको छ ।
मोबाइल पसलबाट सुरु भएको आगलागी फैलिएर चार ओटा पसलमा सल्केको थियो । हालसम्म चार वटा पसल नष्ट भइसकेको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ ।
गौरीगंगा नगरपालिकामा दमकल नहुँदा गोदावरी नगरपालिकाबाट मगाइएको दमकल अबेरसम्म नपुग्दा ती पसल जलेको हो ।
प्रहरी र म्यादी प्रहरीको टोलीले स्थानीयको सहयोगमा आगो निभाउने कार्य अझै गरिरहेको बताइएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
टिप्पणीहरू