जीपको ठक्करपछि बितेकी युवतीको सनाखत हुन सकेन
ललितपुरको ग्वार्कोमा जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । हिजो राति जीपको ठक्करबाट २६ वर्षीया युवतीको ज्यान गएको हो ।
हिजो बेलुकी पौने ८ बजेको समयमा नम्बर नखुलेकोे नीलो रङको स्कोरपियो जीपले पैदल हिँडिरहेकी युवतीलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि पाटन अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी प्रभाग मंगलबजारले जनाएको छ ।
दुर्घटनापश्चात् फरार रहेका चालकको खोजी भइरहेको बताइएको छ । मृतकको अझै सनाखत हुन सकेको छैन ।
टिप्पणीहरू