युरोभन्दा अमेरिकी डलर बलियो

युरोभन्दा अमेरिकी डलर बलियो

नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको विनिमयदरमा युरोभन्दा अमेरिकी डलर बलियो देखिएको छ ।

आजको विनिमयदरअनुसार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ६६ पैसा तय छ । बिक्रीदर १३२ रुपैयाँ २६ पैसा तोकिएको छ ।

तर आज एक युरोको खरिददर १३१ रुपैयाँ छ भने बिक्रीदर १३१ रुपैयाँ ६० पैसा कायम भएको छ ।

अमेरिकी डलरको भाउ बढ्दै गएर पछिल्लो समय दैनिक नयाँ रेकर्ड कायम भएको छ । युक्रेनयुद्ध, कोभिड १९ महामारीलगायतले युरोको भाउ खस्केको बताइन्छ ।

टिप्पणीहरू