भ्रष्टाचारमा जेल हालिएका वामपन्थी नेता राष्ट्रपतिमा दोहोरिए

भ्रष्टाचारमा जेल हालिएका वामपन्थी नेता राष्ट्रपतिमा दोहोरिए

ब्राजिलमा हिजो सम्पन्न राष्ट्रपतीय निर्वाचनमा प्रख्यात वामपन्थी नेता लुइस इनासियो लुला दा सिल्भा विजयी भएका छन् । कडा प्रतिस्पर्धाबीच ७७ वर्षीय सिल्भाले वर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई पराजित गरेका हुन् ।

आर्थिक अनियमितताको आरोप लागेपछि उनले सन् २०१० मा पद त्यागेका थिए । भ्रष्टाचार अभियोगमा १८ महिना जेल पनि बसे ।

उक्त आरोप नियोजित भएको बताउँदै आएका सिल्भाको लोकप्रियता खासै खस्किएको थिएन । मतदाताले सिल्भामाथि लगाइएको भ्रष्टाचारको आरोप नियोजित भन्दै उनैलाई १२ बर्षपछि फेरि विजयी गराइदिएका हुन् ।

पराजित वर्तमान राष्ट्रपति बोल्सोनारो सन् १९६४ देखि सन् १९८५ को सैन्य तानाशाही अन्त्यपछि पुनः चुनाव जित्न नसक्ने पहिलो राष्ट्रपति बनेका छन् ।

टिप्पणीहरू