मतपत्र : ७ करोड छापियो, १ करोड बाँकी
निर्वाचन आयोगले आगामी निर्वाचनका लागि सात करोड थान मतपत्र छापिइसकेको जानकारी दिएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आठ करोड मतपत्र आवश्यक पर्नेमा आजसम्म सात करोड मतपत्र छापिइसकिएको आयोगले बताएको छ ।
आयोगका अनुसार पुग नपुग एक करोड मतपत्र मात्र छाप्न बाँकी छ । मंसिर ३ गतेसम्म कायम हुने मतदाताको संख्याको आधारमा यस पटक समानुपातिकतर्फ करिब चार करोड र प्रत्यक्षतर्फ पनि चार करोड मतपत्र आवश्यक पर्ने आयोगको अनुमान छ ।
समानुपातिकतर्फको मतपत्र यसअघि नै छापिइसकेको छ । आयोगले आज प्रत्यक्षतर्फ दुई करोड ८६ लाख ८८ हजार पाँच सय मतपत्र छाप्ने काम सकिएको बताएको हो ।
टिप्पणीहरू