डेंगु संक्रमणबाट ५४ जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या ४७ हजार
पछिल्लो २४ घण्टामा देशभर डेंगु संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएकासँगै डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ पुगेको हो ।
नेपालमा ४६ हजार ७६८ जनामा डेंगु देखिएको छ । जसमध्य सबैभन्दा धेरै वाग्मती प्रदेशमा रहेका छन् । वाग्मती प्रदेशमा ३६ हजार ४११ जना, प्रदेश १ मा एक हजार ७९१ जना, मधेशप्रदेशमा ७६५ जना, गण्डकी प्रदेशमा एक हजार ७६६ जना, लुम्बिनी प्रदेशमा चार हजार ६५६ जना, कर्णालीमा ६६४ जना र सुदुरपश्चिममा एक हजार १८५ जना संक्रमित छन् ।
काठमाडौं उपत्यकाको तीन जिल्लामा २६ हजार ८२८ जना संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । हाल डेंगु संक्रमण ७७ वटै जिल्लामा फैलिसकेको छ ।
टिप्पणीहरू