जब अमेरिकी राष्ट्रपतिको बोली चिप्लियो

जब अमेरिकी राष्ट्रपतिको बोली चिप्लियो

अमेरिकी राष्ट्रपति जो बाइडेनको फेरि एकपटक आफ्नो बोलीका कारण सामाजिक सञ्जालमा आलोचना भएको छ । ७९ वर्षीय राष्ट्रपतिले बोल्ने क्रममा ओबामा केयरको निम्ति सन् २०१८ मा आफ्नो दलले ‘५४ राज्यमा’ अभियान चलाएको उल्लेख गरेका थिए ।

उनले शुक्रवार आयोजित ‘पेन्सिलभेनिया डेमोक्रेटिक पार्टी रिसेप्सन’ लाई सम्बोधन क्रममा उक्त संख्या उल्लेख गरेका हुन् । सो क्रममा बाइडेनले दाबी गरे, ‘ट्रम्पले ओबामा केयरलाई प्रतिस्थापन गर्न अभियान चलाए । तर डेमोक्र्याटहरूले ट्रम्पको अभियानलाई सफल हुन नदिन सन् २०१८ मा कडा अभियान नै चलाउनुपर्यो ।’

उनले अगाडि भने, ‘सन् २०१८ मा ट्रम्पको उक्त अभियानलाई हामीले हरायौँ र ५४ राज्यमै पुुग्यौँ ।’ उनले सम्बोधन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । अमेरिकामा ५० वटा राज्य छन् । चार वटा कहाँबाट थपियो ? धेरैले आश्चर्य मानेका छन् ।

टिप्पणीहरू