बैंकिङ कसुर मुद्दाकी फरार प्रतिवादी मिना पक्राउ

बैंकिङ कसुर मुद्दाकी फरार प्रतिवादी मिना पक्राउ

लमजुङ प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई तीन वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३ बस्ने मिना गुरुङ हुन् ।

उनले आफ्नो बैंक खातामा पर्याप्त रकम नभए पनि चेक दिएकी थिइन् । चितवन जिल्ला अदालतले २०७७ माघ १८ गते उनीमाथि चेक अनादर मुद्दामा १३ लाख ५० हजार रुपैयाँको जरिवानाको फैसला सुनाएको थियो ।

फैसलापछि फरार मिनालाई हिजो प्रहरीले पक्रेको हो । नियन्त्रणमा लिएपछि फैसला कार्यान्वयनको निम्ति चितवन जिल्ला अदालत पठाइएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू