व्यवसायीलाई तारकेश्वरको ताकेता

व्यवसायीलाई तारकेश्वरको ताकेता

काठमाडौंको तारकेश्वर नगरपालिकाले ३५ दिनभित्र व्यापार व्यवसाय दर्ता गरिसक्न निर्देशन दिएको छ । संघ र प्रदेश सरकारबाट इजाजत लिएका व्यवसायहरुलाई समेत दर्ता गरेरमात्रै सञ्चालन गर्न नगरपालिकाले कडा निर्देशन दिएको हो ।

नगरपालिकाले सूचना जारी गर्दै आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका व्यवसायलाई ३५ दिनभित्र वडा कार्यालयमा दर्ता गर्न भनेको छ ।

‘कतिपय व्यवसायीहरु (संघीय तथा प्रदेश सरकारबाट इजाजत लिएका समेत व्यवसायहरु) ले नगरपालिकामा व्यवसाय दर्ता नगरी एवम् कहीकतै पनि दर्ता नगरीबिना स्वीकृति व्यवसाय सञ्चालन गर्दै आएको हुँदा यस सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफ्नो व्यवसाय रहेको वडा कार्यालयमा गई अनिवार्य रुपमा व्यवसाय दर्ता गर्नु–गराउनुहुन अनुरोध छ’, सूचना भनिएको छ ।

त्यस्तै, अनुगमनको क्रममा व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाइएमा तारकेश्वर नगरपालिकाको आर्थिक ऐन, २०७९ बमोजिम नियमानुसार जरिवाना असुल गरिने चेतावनी दिइएको छ ।

यसभन्दा अगाडि दर्ता नभएका व्यवसायलाई तारकेश्वर नगरपालिका ऐन, २०७९ बमोजिम एक पटकका लागि चालु आर्थिक वर्ष २०७९–८० लाई नै आधार वर्ष मानेर वडा कार्यालयमा दर्ता गरिने सूचनामा उल्लेख छ ।

समयमा नवीकरण नभएका व्यवसायको हकमा नवीकरणमा लाग्ने जरिवानामा ५० प्रतिशत हुन आउने रकम छुट दिने प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले बताए ।

त्यस्तै, तोकिएको समयभित्र नवीकरण नगर्ने व्यवसायीलाई नगरपालिकाको आ.व २०७२/७३ लाई नै आधार वर्ष मानेर कर तथा जरिवाना रकमसमेत असुल गरिने उनको भनाइ छ ।

टिप्पणीहरू