जयपृथ्वीलाई कारबाही गर्न निर्वाचन आयोगको पत्र काउन्सिलमा
निर्वाचन आयोगले बझाङमा संचालित जयपृथ्वी एफएमलाई कारबाही गर्न माग गर्दै प्रेस काउन्सिल नेपाललाई पत्र पठाएको छ । काउन्सिलबाट जारी पत्रकार आचारसंहिता उल्लघंन गरेको आरोप लगाउँदै आयोगले आज कारबाहीका लागि पत्र काटेको हो ।
प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिता, २०७३ (संशोधन समेत) मा सञ्चार प्रतिष्ठान र पत्रकारका पेशागत आचरण र व्यवहारहरूको आवश्यक नियमन गर्न सक्ने व्यवस्था छ । सोही नियम एफएमले लागू नगरेको आयोगको आरोप छ ।
निर्वाचन आचारसंहिता २०७९ को दफा २५ सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ख) मा ‘कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने’ उल्लेख छ । तर, सो एफएमले एक पक्षमा निर्वाचनसम्बन्धी सूचना सम्प्रेषण गरेको आयोगले बताएको छ ।
टिप्पणीहरू