विश्वविद्यालयलाई १६ जना उपप्राध्यापक चाहियो
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा १६ जना उपप्राध्यापकको लागि भर्ना खुलेको छ । विश्वविद्यालय अन्तरगतको सेवा आयोग कार्यालयले आज सूचना जारी गर्दै सो संख्यामा उपप्राध्यापक आवश्यक परेकाले नयाँ भर्ना खुला गरेको जानकारी दिएको हो ।
विश्वविद्यालयको केन्द्रीय तथा आंगिक क्याम्पसहरुमा रिक्त रहेका विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले आवश्यक न्युनतम योग्यता पुगेका व्यक्तिहरुलाई दरखास्त दिन आयोगले भनेको छ ।
आवेदन फारम भर्ने मिति तथा थप अन्य जानकारी विश्वविद्यालयको वेभसाइटमा रहेको सूचनामा उल्लख छ ।
टिप्पणीहरू