भारुको बिटो लिएर हिँडेका मुक्ति सीमामै रोकिए
स्रोत नखुलेको लाखौँ भारतीय रुपैयाँसहित एक जना समातिएका छन् । कपिलवस्तुको यसोधरा गाउँपालिका-७ मर्यादपुरबाट साढे पाँच लाख भारुसहित आज अर्घाखाँचीका मुक्ति खनाललाई प्रहरीले पक्राउ गरेको हो ।
मर्यादपुरबाट खटिएको प्रहरीले तौलिहवाबाट मर्यादपुरतर्फ आउँदै गरेको लु.१६ प ४११७ नम्बरको मोटरसाइकललाई जाँच गरेको थियो । त्यसक्रममा स्रोत नखुलेको ५ लाख ५२ हजार ७८ सय भारु नोट मोटरसाइकल चालक अर्घाखाँचीका ३९ वर्षीय मुक्ति खनालको साथमा भेटिएको प्रहरीले बताएको छ ।
खनालमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
टिप्पणीहरू