चितवनको गठबन्धन कार्यालयमा काँग्रेसको तालाबन्दी
सत्तारुढ गठबन्धनको चितवनस्थित कार्यालयमा तालाबन्दी गरिएको छ । रत्ननगरपालिका-१ स्थित बकुलहर चोकमा रहेको गठबन्धन कार्यालयमा आज काँग्रेस युवाहरुले ताला लगाएका हुन् ।
गठबन्धनप्रति असन्तुष्टी जनाउँदै आएका कांँग्रेसी युवाहरुले चितवन क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख’ कार्यालयमा तालाबन्दी गरेका हुन् । नेपाली काँग्रेसनिकट ३० देखि ४० जना युवाले कार्यालयमा आज दिउँसो २ बजे ताला लगाएको बताइएको छ ।
पहिले नेपाली काँग्रेस पार्टी कार्यालय रहेको उक्त स्थानमा हाल निर्वाचन प्रचारप्रसारको निम्ति गठबन्धन कार्यालय स्थापना गरिएको छ ।
टिप्पणीहरू