अमला टिपिदिने बहानामा ६३ वर्षे पुरुषद्वारा १० वर्षीया बालिका बलात्कृत
तनहुँमा १० वर्षीय बालिका बलात्कृत भएकी छन् । बालिका बलात्कार गरेको आरोपमा एक जना वृद्ध पक्राउ परेका छन् ।
शुक्लागण्डकी नगरपालिका–८, गणपते बस्ने ६३ वर्षीय रामजीबहादुर थापा क्षेत्रीलाई गएराति प्रहरीले नियन्त्रणमा लिएको छ । उनले बालिकालाई अमला टिपिदिने बहानामा फकाएर नजिकैको जंगलमा पुर्याएपछि करणी गरेको पीडितका परिवारले बताएका छन् ।
पीडित बालिकालाई थापाले हिजो बिहान करणी गरेको उजुरीको आधारमा गएराति इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
टिप्पणीहरू