प्रधानमन्त्रीको दावी : निर्वाचन संविधान रक्षक र भक्षकबीच

प्रधानमन्त्रीको दावी : निर्वाचन संविधान रक्षक र भक्षकबीच

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान रक्षाका लागि सत्ता गठबन्धन बनेको बताउनुभएको छ । आज गृहजिल्ला डडेल्धुरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले मुलुकको आवश्यकता र विशिष्ट परिस्थितिका कारण पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्नुभयो ।

पाँच वर्ष नपुग्दै बीचैमा संसद विघटन गरेर संविधान ध्वस्त गर्न खोजिएकाले त्यसविरुद्ध पाँच दलीय गठबन्धन बनेको उहाँको भनाइ छ । अहिलेको निर्वाचन संविधानको रक्षक र संविधान विरोधीहरूबीच हुन लागेको छ । संविधानको रक्षक पाँचदलीय गठबन्धनलाई जिताउनुको विकल्प नभएको उहाँको निश्कर्ष छ ।

प्रधानमन्त्री देउवा गृह जिल्लाबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार हुनुहुन्छ ।

टिप्पणीहरू