काँग्रेसका बागीद्वारा ‘र’ प्रमुखसँग गोप्यवार्ता
नेपाली काँग्रेसका बागी उम्मेदवार तथा लामो समयदेखि स्वयंघोषित नेता अमरेशकुमार सिंहले काठमाडौंस्थित भारतीय खुफिया एजेन्सी ‘र’ का प्रमुखसँग गोप्य वार्ता गरेका छन् । पार्टीले टिकट नदिएपछि सर्लाही-४ बाटै बागी उठेका सिंह आजै बिहान ७ बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट्न खुमलटार पुगेका थिए ।
अध्यक्ष दाहालसँग झण्डै डेढ घण्टा भेटवार्ता गरेपछि खुमलटारबाट निस्केका उनी सोझै सिंहदरबारको दक्षिण गेट नजिकै बसेरा होटलमा पुगेका थिए । काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट उत्तरतर्फ रहेको बसेरा होटलमा उनले झण्डै १५ मीनेट ‘विशेष व्यक्तिसँग’ १५ मीनेट वार्ता गरेका हुन् । चुनाव नजिकिँदै गएकोले उनको त्यो भेटघाट उठ्तीपुठ्तीसँग सम्बन्धित रहेको भन्नेहरु पनि भेटिएका छन् ।
त्यहाँबाट उनी सोझै नक्साल,नागपोखरी नजिकैको होटल मेरियट पुगेका थिए । केही दिनदेखि बिजेपी कोषाध्यक्ष राजेश अग्रवाल बस्दै आएको मेरियट होटलको कफी सपमा पुगेर उनले ‘र’ का नेपाल स्टेशन प्रमुख राघव भट्नागरसँग झण्डै डेढ घण्टा अर्को गोप्य वार्ता गरेका थिए । त्यस अवसरमा चुनाव खर्चको व्यवस्थापनदेखि समग्र चर्चित उम्मेदवार,प्रमुख राजनीतिक दलको स्थिति र “इपी सेन्टररुपी” मधेश प्रदेशको पछिल्लो अवस्थाबारे सिंहले इतिवृत्तान्त सुनाए ।
यी तीन वटै भेटपछि दिउँसो लञ्च टाइममा उनी आफूनिकट केही बुध्दिजीवीसँग ती वार्ता र कुराकानीवारे बृफिङ्ग गर्दै थिए । सिंह सर्लाही–४ बाट टिकटको दावेदार थिए तर,स्थानीय चुनावमा अन्तर्घात गरेको भन्दै कांग्रेसको जिल्ला कमिटीले कारवाही गरेपछि उनको नाम सिफारिसमा समेत परेन । त्यसपछि उनले बागी उम्मेदवारी हालेका छन् ।
टिप्पणीहरू