कोरोना संक्रमितभन्दा निको हुने धेरै
पछिल्लो २४ घण्टामा मुलुकभर २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । १८ सय ४५ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना देखिएको हो ।
नौ सय ८३ जनामा गरिएको पीसीआर परीक्षणमा २२ जना र आठ सय ६२ जनामा गरिएको एन्टिजेन परीक्षणमा तीन जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा २८ जना कोरोनामुक्त भएका छन् ।
आज थपिएका कोरोना संक्रमितसँगै देशभर सक्रिय संक्रमितको संख्या पाँच सय ६९ पुगेको छ ।
टिप्पणीहरू