मध्यरातमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालक बितेका छन् । मध्यपुर थिमि नगरपालिका–१, लोकन्थली चोकनजिकै भएको दुर्घटनामा गठ्ठाघर बस्ने सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ का २७ वर्षीय चालक पुण्यबहादुर बोहराको ज्यान गएको हो ।
काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ६३३५ नम्बरको मोटरसाइकललाई गएराति नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका बोहराको उपचारका क्रममा गठ्ठाघरस्थित नागरिक अस्पतालमा मृत्यु भएको प्रहरी वृत्त थिमिले जनाएको छ ।
ठक्कर दिएर भागेका चालक र सवारीसाधनको खोजी भइरहेको प्रहरीले बताएको छ ।
टिप्पणीहरू