४ वर्षे बालक बाल्टिनको पानीमा डुबे
काठमाडौं महानगरपालिका–९, गौशालामा बाल्टिनको पानीमा डुबेर एक बालककोे ज्यान गएको छ । बाँके बैजनाथ–३ घर भई तुलसी गेष्ट हाउसमा बस्ने ३० वर्षीय राजबहादुर चौधरीका ४ वर्षीय छोरा आरोज चौधरीको डुबेर मृत्यु भएको बताइएको छ ।
चौधरी हिजो दिउँसो उक्त गेष्ट हाउसको छतमा पानी भरेर राखेको बाल्टिनमा डुबेका थिए । डुबेर गम्भीर घाइते भएका उनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
टिप्पणीहरू