‘बेबी आईडी’ को नाममा सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरियो

‘बेबी आईडी’ को नाममा सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरियो

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–१ घर भएका १९ वर्षीय सुमितकुमार थापा हुन् ।

उनले सामाजिक सञ्जालमा समिरा शर्मा (बेबी) नामको नक्कली आईडी बनाइ महिलाको चरित्र हत्या गरेका हुन् । नेपाल प्रहरीको साइबर ब्यूरोले उक्त आईडीबाट उनले अपरिचित महिलाको अश्लिल तस्बिर राखी सामाजिक सञ्जालमा पोष्ट गरेको अनुसन्धानबाट खुलेको बताएको छ ।

साथै उनले नक्कली आईडीबाट पीडित महिलाका आफन्तलाई अश्लिल म्यासेजहरु पठाउने, गाली बेइज्जती गर्दै मानसिक तनाव दिएको ब्यूरोले जनाएको छ ।

थापालाई इलाका प्रहरी कार्यालय भेडिया, सप्तरीले अस्ति नियन्त्रणमा लिएको हो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत जिल्ला अदालत काठमाडौंबाट आज ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ ।

टिप्पणीहरू