विश्वविद्यालयको नतिजा ढिलो भएकोमा विद्यार्थीको जुलुस

विश्वविद्यालयको नतिजा ढिलो भएकोमा विद्यार्थीको जुलुस

नतिजा प्रकाशनमा ढिलाइ भएकोमा विद्यार्थीहरुले चर्को विरोध गरेका छन् । धादिङबेसीको नीलकण्ठ बहुमुखी क्याम्पसका विद्यार्थीले हिजो प्रदर्शन गरेका हुन् ।

सदरमुकाम धादिङवेशीस्थित नीलकण्ठ बहुमुखी क्याम्पसका विद्यार्थीहरुले परीक्षा सम्पन्न भएको लामो समयसम्म पनि त्रिभुवन विश्वविद्यालयले प्रथम वर्षको नजिता प्रकाशनमा ढिलाइ गरेको भन्दै प्लेकार्ड प्रदर्शन गरेर विरोध जनाएका छन् ।

‘सँधै सँधै दुःख दिन पाईंदैन, यस्तो प्रणाली चाहिँदैन’, ‘संख्यामा विश्वकै पहिलो गुणस्तरमा विश्वकै अन्तिम,’ भन्ने नारा लेखिएको प्लेकार्डसहित बिरोध प्रदर्शन गरिएको छ ।

टिप्पणीहरू