एमाले अध्यक्ष ओलीका निम्ति पहिले प्लेन,पछि हेलिकप्टर
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज गण्डकी प्रदेशका तीन जिल्लामा आयोजना गर्न लागिएको चुनावी आमसभालाई सम्बोधन गर्नुहुने भएको छ । उहाँले गण्डकीका कास्की,बागलुङ र स्याङ्जामा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
‘अध्यक्ष ओलीले गण्डकी प्रदेशका यी तीन जिल्लामा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ,’ उहाँको सचिवालयले जनाएको छ । आमसभाका लागि अध्यक्ष ओली आज बिहान विमानमा पोखरा जाने र त्यहाँबाट बागलुङ तथा स्याङ्जामा हेलिकप्टरमा जाने तयारी छ ।
टिप्पणीहरू