१५ दिनपछि मात्र घरबाहिर रक्सी खान छुट

१५ दिनपछि मात्र घरबाहिर रक्सी खान छुट

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदान सम्पन्न नभएसम्म रुपन्देहीमा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय,रुपन्देहीले मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाएको हो ।

निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन निर्वाचनको १५ दिनअगाडिको प्रचारप्रसार अवधिमा मदिरा बिक्री वितरण र सेवनमा निषेध गरिएको प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।

आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयको पत्रअनुसार निर्देश गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए ।

सो अवधिमा निषेध गरिएका कार्यहरु गरेमा प्रचलित कानूनबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।

टिप्पणीहरू