४ करोड राजस्व छलेका गुप्ताविरुद्ध मुद्दा

४ करोड राजस्व छलेका गुप्ताविरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गर्नेविरुद्ध मुद्दा दायर गरेको छ । विभागले चितवनको भरतपुर महानगरपालिका–३ घर भएका श्री साई राजकुमार गुप्ताका प्रोप्राइटर २८ वर्षीय शौरभ गुप्ताविरुद्ध मुद्दा दर्ता गरेको हो ।

उनले तीन करोड ८० लाख राजस्व चुहावट गरेको विभागको ठहर छ । गुप्तालाई ३ करोड ८० लाख ५९ हजार ५ सय २६ रुपैयाँ बिगो कायम गरी राजस्व रकमको ब्याज समेत असुलीको माग दाबी गर्दै अभियोगपत्र दायर गरिएको विभागको विज्ञप्तिमा उल्लेख छ ।

गुप्ताले भन्सार छलेर मालसामान पैठारी गरेको, सामानहरु लुकाएर खरिद बिक्री–वितरण गरी राजस्व चुहावट गरेको अनुसन्धानबाट खुलेको हो ।

टिप्पणीहरू