नेकपा एकीकृत समाजवादीबाट ५ जना निष्कासित

नेकपा एकीकृत समाजवादीबाट ५ जना निष्कासित

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीलाई विजयी गराउन सक्रिय हुनुपर्नेमा पार्टी र उम्मेदवारविरोधी कार्य गरेका ५ जना नेतालाई नेकपा एकीकृत समाजवादीले निष्कासन गरेको छ ।

पार्टीको जुम्ला जिल्ला र कर्णाली प्रदेश कमिटीका विभिन्न जिम्मेवारीमा रहेका उनीहरुले पार्टी विरोधी शक्तिहरूसँग साँठगाँठ गर्दै पार्टी विरुद्धको षड्यन्त्रमा संलग्न रहेको आरोप लगाएको छ । महासचिव डा.बेदुराम भुसालले जारी गर्नुभएको विज्ञप्तिमा उनीहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी विधानको धारा–६४ (क) १, २, ३, ४, ५, ६ र ११ बमोजिम निष्काशन गरिएको हो ।

पार्टीले निष्कासन गरेकामा देवीलाल थापा, आदीप्रसाद न्यौपाने, नन्दराम रोकाया, रतनबहादुर रोकाया, धर्मराज रावल हुन् । अब एकीकृत समाजवादीको जुम्ला जिल्ला कमिटीको सम्पूर्ण कामको संयोजन केन्द्रीय सदस्य तीर्थबहादुर बुढालाई दिइएको पनि जानकारी गराइएको छ ।

टिप्पणीहरू