मरेको सुँगुरको मासुले उदयपुरमा आतंक

मरेको सुँगुरको मासुले उदयपुरमा आतंक

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ मा मरेको सुँगुरको मासु खानाले स्थानीयहरुमा रेबिजको त्रास बढेको छ।

‘६ महिनाअघि एउटा कुकुरमा रेबिज देखिएपछि कुकुर मारेका थियौँ । त्यो कुकुर पनि सुँगुरसङ्गै बस्थ्यो। कुकुरले सुँगुरलाई खुट्टामा पनि टोकेको थियो । त्यतिखेर केही हुँदैन होला भन्ने सोचियो । गत कार्तिक १ गते सुँगुर छट्पटाएपछि सबैले काटेर मासु खायौँ,पछि बुझ्दा रेबिजले मरेको रहेछ।”स्थानीय रामकृष्ण राइले बताउनुभयो।’

“हिजो बिहानबाटै उक्त सुँगुरको मासु खानेहरुमध्ये त्रियुगाको स्वास्थ्य चौकीमार्फ २२ जनाभन्दा बढिलाई रेबिज विरुद्धको खोप लगाइसकियो। बाँकीलाई आज खोप लगाइदिनुहुन्छ ।” स्थानीय माया राईले बताउनुभयो।

टिप्पणीहरू