आगो ताप्दै गरेकी वृद्धा जलिन्

आगो ताप्दै गरेकी वृद्धा जलिन्

नवलपरासी (पश्चिम) मा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको ज्यान गएको छ । प्रतापपुर गाउँपालिका–३, अमहवा बस्ने ८१ वर्षीया ठगनी मुसहरको जलेर हिजो साँझ मृत्यु भएको हो ।

आफ्नै घरको आँगनमा आगो ताप्ने क्रममा उनले लगाएको कपडामा आगो सल्किएको थियो । जलेर गम्भीर घाइते भएकी मुसहरको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू