चीनमा डाक्टरी पढ्न जाने ? के भन्छ भारतीय दूतावास ?

चीनमा डाक्टरी पढ्न जाने ? के भन्छ भारतीय दूतावास ?

बेइजिङस्थित भारतीय दूतावासले चीनमा चिकित्साशास्त्र अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई आवश्यक सल्लाह दिएको छ । चीन आउने सबै भारतीय विद्यार्थीलाई भारतमा इन्टर्नसिपको सुनिश्चितता गरेर मात्र प्रक्रिया थाल्न भनिएको छ ।

दूतावासले जारी गरेको एड्भाइजरीमा भनिएको छ, ‘भारतीय विद्यार्थी र उनीहरूका अभिभावकले चीनमा क्लिनिकल मेडिसिन कार्यक्रमहरू अध्ययन गरिरहेका भारतीय विद्यार्थीहरूसँग राष्ट्रिय चिकित्सा आयोगले सञ्चालन गरेको योग्यता परीक्षामा सहभागी हुन आवश्यक योग्यताको बारेमा सोधपुछ गरिरहेको छ ।’

सोही सन्दर्भमा,राष्ट्रिय चिकित्सा आयोगले नोभेम्बर १८, २०२१ को राजपत्रको धारा ४ (ख) मा विदेशमा पढेका मेडिकल विद्यार्थीहरूले अनिवार्य नाम दर्ता गर्नुपर्ने उल्लेख गरिएको छ । दूतावासका अनुसार चीनमा मेडिसिन कार्यक्रमका लागि आउने सबै भारतीय विद्यार्थीले राष्ट्रिय चिकित्सा शिक्षाका तोकिएका व्यवस्था पूरा गर्ने गरी शिक्षा,तालिम र सुविधा उपलब्ध गराइने सुनिश्चितताको निम्ति सम्बन्धित चिनियाँ अधिकारी र मेडिकल स्कूलहरूलाई अनुरोध गर्नुपर्नेछ ।

नोभेम्बर २०२१ पछि चीनमा क्लिनिकल मेडिसिन कार्यक्रममा सामेल भएका र डाक्टरको रूपमा अभ्यास गर्न लाइसेन्स प्राप्त गर्न असफल भएका कुनै पनि विद्यार्थीलाई विदेशी मेडिकल डिग्री परीक्षामा बस्न अयोग्य ठहर्याइएको इण्डिया न्युज नेटवर्कले जनाएको छ ।

कोभिड महामारी शुरु भएको झण्डै तीन वर्षदेखि चीन र भारतबीच सोझो हवाई उडान थालिएको छैन । विशेषगरी भारतबाट चीन जान यसबीच निकै लामो प्रक्रिया पूरा गर्नुपर्ने भएकाले तीन वर्षअघि स्वदेश फर्केका भारतीय विद्यार्थीहरु चीन जान पाएका छैनन् । नयाँ विद्यार्थीको पनि भर्ना हुने र चीनमा अध्ययन गर्ने चाहना तीन वर्षदेखि अवरुद्ध भएको जनाइएको छ ।

टिप्पणीहरू