पुनर्योगको नतिजा सार्वजनिक, चित्त नबुझ्नेले उत्तरपुस्तिका हेर्न पाउने

पुनर्योगको नतिजा सार्वजनिक, चित्त नबुझ्नेले उत्तरपुस्तिका हेर्न पाउने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को पुनर्योगको नतिजा प्रकाशित गरेको छ ।

वार्षिक परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योगका लागि निवेदन दिएका नियमित–आंशिक–ग्रेडवृद्धि परीक्षार्थीहरुको अन्तिम चरणको नतिजा बोर्डले सार्वजनिक गरेको हो ।

गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित कक्षा–१२ को वार्षिक परीक्षाको नतिजामा चित्त नबुझेर पुनर्योगका लागि निवेदन दिएकाहरुको नतिजा बोर्डको हिजोको बैठकको निर्णयानुसार प्रकाशित गरिएको बताइएको छ ।

परिवर्तित ग्रेडसिट प्राप्त गर्न नतिजा प्रकाशन भएको १० दिनपछि सक्कल ग्रेडसिटसहित बोर्डको कार्यालयमा सम्पर्क गर्न सूचित गराइएको छ । त्यस्तै, पुनर्योगको नतिजाउपर चित्त नबुझेका परीक्षार्थीले दुई हजार रुपैयाँ तिरेर उत्तरपुस्तिका हेर्न सक्नेछन् ।

तर यसका लागि परीक्षार्थीले नतिजा प्रकाशित भएको १५ दिनभित्र बोर्डको सम्बन्धित कार्यालय वा परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा निवेदन पेश गर्नुपर्नेछ ।

टिप्पणीहरू