असर्फी किन्न नगद नचाहिने, क्युआर भए पुग्ने

असर्फी किन्न नगद नचाहिने, क्युआर भए पुग्ने

नेपाल राष्ट्र बैंकले सुनको असर्फी र चाँदीको मेडालियन–स्मारिका सिक्काहरु खरिद गर्दा क्युआर कोडबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ ।बैंकको मुद्रा व्यवस्थापन विभाग, टक्सार महाशाखाले सुन तथा चाँदीको असर्फी खरिद गर्दा क्युआर कोडबाट भुक्तानी गर्न सकिने बताएको छ ।

क्युआर कोडमार्फत् भुक्तानी गर्न सकिने जानकारी गराउँदै महाशाखाले अबदेखि एक र दुई रुपैयाँका सिक्काहरु सटही गर्दा पनि क्युआरमार्फत भुक्तानी गर्न सकिनेछ । यसअघि सिक्का तथा असर्फी खरिद र सटहीमा नगदको प्रयोग हुँदै आएको थियो ।

टिप्पणीहरू