उम्मेदवारका सवारी साधनमा मतदाता बोक्न नपाइने

उम्मेदवारका सवारी साधनमा मतदाता बोक्न नपाइने

आसन्न निर्वाचनमा राजनीतिक दल वा उम्मेदवारको नाममा अनुमति लिइएका सवारी साधनमा मतदाता बोक्न नपाइने भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारहरुले सवारी साधन चलाउँदा पालना गर्नुपर्ने आचरण सार्वजनिक गर्दै निर्वाचन आयोगले उम्मेदवारको नाममा अनुमति लिइएका गाडिमा मतदाता ओसार्न नपाइने बताएको हो ।

तर, आयोगले अशक्त, गर्भवती महिला, सुत्केरी, बच्चा बोकेकी महिला, किरियापुत्री र ज्येष्ठ नागरिकलगायत मतदातालाई भने त्यस्ता सवारी साधन प्रयोगमा बाधा नगर्ने बताएको छ ।एउटा राजनीतिक दल वा उम्मेदवारको नाममा अनुमति लिइएको सवारी साधन अर्को उम्मेदवारलाई चलाउन पाइने छैन । यस्तै, एक स्थानमा प्रयोग गर्न अनुमति लिएको सवारी साधन अर्को स्थानमा प्रयोग गर्न पनि रोक लगाइएको छ ।

टिप्पणीहरू